दफा २९
मतदान केन्द्र
(१) आयोगले निर्वाचनका लागि आवश्यक सङ्ख्यामा मतदान केन्द्र तथा
उपकेन्द्र तोक्नेछ ।
(२) निर्वाचन अधिकृतले उपदफा (१) बमोजिमको मतदान केन्द्र वा उपकेन्द्र थपघट गर्न आवश्यक ठानेमा त्यसरी थपघट गर्नु पर्ने आवश्यकता र औचित्य सहित आयोगलाई लेखी पठाउन सक्नेछ र आयोगले त्यस्तोव्यहोरा मनासिब ठानेमा मतदान केन्द्र वा उपकेन्द्र थपघट
गर्न सक्नेछ ।
(३) निर्वाचन अधिकृतले आवश्यक भएमा आयोगको पूर्व स्वीकृति लिई सुविधाजनक वा व्यवहारिक दृष्टिबाट उपयुक्त हुने ठाउँमा मतदान केन्द्र वा उपकेन्द्र सार्न सक्नेछ ।
(४) उपदफा (१), (२) र (३) बमोजिम मतदान केन्द्र तथा उपकेन्द्र तोकिएको, थपघट गरिएको वा सारिएकोसूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
(५) एउटा मतदान स्थलको क्षेत्रभित्र आवश्यकता अनुसार एक वा एक भन्दा बढी मतदान केन्द्र, उपकेन्द्र वा मतदान कक्षहरु रहन सक्ने छन्।
(६) मतदान केन्द्र, उपकेन्द्र वा मतदान कक्ष तोक्ने आधार, प्रक्रिया र अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।